काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध एक सातायता उच्च अदालत पाटनमा बहस भइरहेको छ । सोमबार दिउँसोसम्म १७ जना प्रतिवादीका कानून व्यवसायीले बहस गरेका छन् । भर्खरै टोपबहादुर रायमाझीका तर्फबाट बहस सुरु भएको छ । प्रकाश खरेल र जनक पाण्डेको इजलासमा गत मंगलबारदेखि पुनरावेदन सुनुवाइ भइरहेको छ ।
यो प्रकरणमा बहालवाला सांसद रायमाझी र बहालवाला सचिव टेकनारायण पाण्डे तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँगै अन्य १३ जना थुनामा छन् । काठमाडौँ जिल्ला अदालतबाट धरौटीमा छुटेकाले पनि आफूमाथि अन्याय भएको भन्दै पुनरावेदन गरेका छन् ।
उच्च अदालतमा खाणको पक्षबाट ७ जना वरिष्ठ अधिवक्ताले बहस गरेका छन् । पूर्वमहान्यायधिवक्ताहरु खम्मबहादुर खाती, बोणबहादुर कार्की र महादेव यादबसहित कृष्ण सापकोटा, प्रेमबहादुर खड्का, हरिहर दाहाल र सुरेन्द्र महतोले बहस गरेका छन् ।
अब प्रतिवादीहरूमा रायमाझीबाहेक सागर राई, रामशरण केसी र केशवप्रसाद तुलाधरको पक्षबाट बहस हुन बाँकी छ । सरकारी वकिलले पनि बहस गर्ने छ । त्यसपछि इजलासले आदेश सुनाउने छ । प्रतिवादीअनुसार जिल्लाको आदेश सदर वा बदर हुन सक्नेछ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर लैजाने खोज्नेक्रममा करोडौँ रुपैयाँ ठगी भएको उजुरीपछि हाईप्रोफाइलहरू समातिएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ मंसिर २०८०, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भुटानी शरणार्थी प्रकरणमा थप प्रमाण आएन : गृहमन्त्री श्रेष्ठ
भुटानी शरणार्थी प्रकरणमा सकियो २२ प्रतिवादीको बहस
नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि बहस जारी
भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै ४६ वटा धर्ना प्रदर्शन
नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न रास्वपाको माग
भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुझाइँदै