काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक सोमबारदेखि महोत्तरीको जलेश्वरमा सुरु हुने भएको छ । बैठक मंसिर ११, १२ र १३ गते तीन दिनसम्म चल्ने छ । बैठकमा पार्टीका प्रदेश सभापतिहरुको पनि सहभागिता रहने महासचिव मुकुल ढकालले जानकारी दिए ।
महासचिव ढकाल अनुसार बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट सांगठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल एवं आवश्यक निर्णयहरू हुने छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० मंसिर २०८०, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल निर्वाचित
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा