काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक सोमबारदेखि महोत्तरीको जलेश्वरमा सुरु हुने भएको छ । बैठक मंसिर ११, १२ र १३ गते तीन दिनसम्म चल्ने छ । बैठकमा पार्टीका प्रदेश सभापतिहरुको पनि सहभागिता रहने महासचिव मुकुल ढकालले जानकारी दिए ।
महासचिव ढकाल अनुसार बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट सांगठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल एवं आवश्यक निर्णयहरू हुने छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० मंसिर २०८०, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा
सत्तापक्षका सांसद बोल्न थालेपछि संसद्बाट बाहिरियो रास्वपा