काठमाडौँ । आम जनता पार्टीको स्थायी समिति बैठक सोमबार बिहान ११ बजे बस्ने भएको छ ।
पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बस्न लागेको बैठकमा देशको समग्र राजनीति, आर्थिक र समाजिक क्षेत्रमा देखिएका अन्योलका विषयमा गहन छलफल र समीक्षा हुने केन्द्रीय कार्यालय सचिव बालकृष्ण सापकोटाले बताए।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्ने बैठकले पार्टीको आगामी रणनीतिसहितको आधिकारिक र ठोस धारणा सार्वजनिक गर्ने उनले जानकारी दिए ।
उक्त पार्टीको सङ्घीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व रहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० मंसिर २०८०, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आम जनता पार्टीले देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने
प्रभु साह नेतृत्वको आजपाले जेठ १५ गते सिंहदरवार घेर्ने
आजपाले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा