भारतमा राम्रो सङ्गठन बनाएकै कारण नेपालमा गणतन्त्र आयो: प्रधानमन्त्री ‘प्रचण्ड’

सफल खबर संवाददाता

शनिबार, ०९ मंसिर २०८०, १९ : २०
भारतमा राम्रो सङ्गठन बनाएकै कारण नेपालमा गणतन्त्र आयो: प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतमा राम्रो सङ्गठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अघि बढ्न नसक्ने महशुस गरेको बताएका छन्। शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खुशीराम पाख्रिनको छैटौँ स्मृति दिवस तथा खुशीराम पाख्रिन स्मृतिग्रन्थ विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले भारतमा राम्रो सङ्गठन नबनाएको भए नेपालमा गणतन्त्र ल्याउने कुरा मुस्किल हुने उल्लेख गरे। उनले भारतमा सङ्गठन हुनुको कारणले नै आफूहरुले भूमिगतरुपबाट धेरै सहयोग प्राप्त गरेको बताए। उनले कार्यकर्तादेखि लड्ने योद्धाहरुसमेत भारतबाट पाएको बताए। उनले भारतमा भएका लाखौँ  नेपालीहरूलाई सङ्गठित र आन्दोलित गर्ने कुराको भूमिका स्व.पाख्रिनले गरेको बताए।

प्रधानमन्त्री दाहाले भारतमा सङ्गठन बिस्तार गर्न राजनीतिक नेताहरुको भन्दा पाख्रिन जस्ता सांस्कृतिक कर्मीहरूको भूमिका बढी महत्त्वपूर्ण रहेको स्मरण गरे।प्रधानमन्त्री ‘प्रचण्ड’ले पाख्रिनको स्मृति ग्रन्थले भावी पुस्तालाई उहाँको योगदानको बारेमा बुझाउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस