तिलौराकोटलाइ विश्व सम्पदा सूचीमा सूचीकृत गराउन अन्तिम तयारी सुरू

सफल खबर संवाददाता

शनिबार, ०९ मंसिर २०८०, १३ : ०२
तिलौराकोटलाइ विश्व सम्पदा सूचीमा सूचीकृत गराउन अन्तिम तयारी सुरू

भैरहवा । प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलबस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि सरकारले अन्तिम तयारी गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्व विभागको आयोजनामा राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरुले विश्व सम्पदा सूचीमा सूचीकृतका लागि विज्ञहरुद्धारा तयार पारिएको मनोनयन दस्तावेज, आधार, पुष्टाईका सम्बन्धमा मुख्यसरोकारवालाहरुसँग गरेको छलफलमा सरकारले तिलौराकोटलाई सूचीकृतका लागि अन्तिम तयारी गरेको जनाएको हो ।

कपिलबस्तुको तिलौराकोटमा शुक्रबार तिलौराकोट कपिलबस्तुलाई विश्वसम्पदा सूचीमा सुचीकृत सम्बन्धमा विज्ञहरुद्धारा तयार पारिएको मनोनयन दस्तावेज, आधार र पुष्टाईका बियषमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारका तर्फबाट संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीले सरकारका तर्फबाट गौरवको आयोजनाका रुपमा सूचीकृतका लागि पहल गर्ने प्रतिद्धबता जनाएका हुन । तिलौराकोटमा नोभेम्बर २० देखि ३० तारिखसम्म राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरुको समूहले तिलौराकोट विश्वसम्पदा सूचीमा सूचीकृतका लागि विज्ञहरुद्धारा तयार पारिएको मनोनयन दस्तावेजलाई अन्तिम रुप दिन कार्यक्रम भइरहेको छ ।

 कार्यक्रमलाई सम्बोधन गर्दै गौतबुद्ध हुर्किएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेर यसको महत्व विश्वव्यापी बनाउने बताए । उनले तिलौराकोटलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्दै विश्वसम्पदा सूचीमा सुचीकृतका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए । ‘मापदण्ड अनुसार अन्तिम मनोनयन गर्नका लागि सरकारको तर्फबाट म संस्कृती पर्यटन मन्त्रीका रुपमा प्रतिबद्धता गर्दछु, तोकिएकै मितिमा तिलौराकोटलाई विश्वसम्पदा सूचीमा राखिनेछ’ मन्त्री किराँतीले भने ।

मन्त्री किराँतीले तिलौराकोट विश्व सम्पदा सूचीमा सुचीकृतका लागि निरन्तर खोज अनुसन्धानमा लागेका विज्ञहरुलाई धन्यवाद दिदै तिलौराकोटलाई विश्वव्यापी बनाउने बताए ।  लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री किराँतीले असोज १४ गते लुम्बिनीमा प्रधानमन्त्रीको बिशेष पहलमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोरियो गुटरेसको लुम्बिनी भ्रमणले बुद्धजन्मस्थल लुम्बिनीको उचाई विश्वमा एक पाईला माथि उठेको बताए ।

कार्यक्रममा संस्कृती पर्यटन तथा नागरिक उडडयन राज्यमन्त्री शुसिला श्रीपाली ठकुरीले तिलौराकोट विश्व सम्पदा सूचीका सुचीकृतका लागि सरकारका तर्फबाट आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता जनाईन । उनले तिलौराकोट जस्ता पुरातात्विक स्थलहरुको विकासको गती ढिलो भएको बताउँदै आगामि दिनमा त्यसलाई सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिईन ।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बुद्ध दर्शन र बुद्धको जीवनमा तिलौराकोट दरबारको निकै ठूलो महत्व रहेको बताउँदै विश्व सम्पदा सूचीमा सुचीकृत गर्नका लागि कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाए । ‘तिलौराकोट विश्वसम्पदा सूचीमा सुचिकृत हुने कुरा हाम्रो लागि खुशीको कुरा हो, विज्ञहरुले निकै समय खर्चिएर प्रमाणहरु जुटाउनुभएको छ’ उपाध्यक्ष डा. लामाले भने । आफूले पदभारग्रहण गरेलगत्तै तिलौराकोटको भ्रमण गर्दा झाडी र बुट्यानले ढाकेका देखेपछि सरसफाई गरी अहिले तिलौराकोटलाई सुन्दर बनाउने काम गरेको समेत उपाध्यक्ष डा. लामाले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सुचीकृत गर्ने कुरा सकरात्मक रहेको बताउँदै आफुहरुको तर्फबाट सक्दो सहयोग हुने बताए । उनले २५ बर्षसम्म कपिलबस्तुको खोज अनुसन्धानमा विज्ञहरु लागि परेको बताउँदै सम्पदा सूचीमा छिटो सुचीकृत गरी तिलौराकोटको विकास गर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस