काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लैंगिक हिंसा व्यक्ति, समाज वा परिवारको मात्र समस्या नभएर राजनीतिक प्रणाली, सामाजिक संरचना र देशले अवलम्बन गरेको नीतिहरूसँग जोडिएको समस्या भएको बताएका छन् ।
आजबाट सुरु भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री दाहालले नेपालमा संविधानको मूल मर्म अनुसार कानुन निर्माण गर्नु अत्यन्त आवश्यक भएको बताए ।
आज एक भिडियो सन्देश जारी गर्दै उनले भने, ‘लैङ्गिक समानताको मुद्दालाई सामाजिक न्याय, सुशासन र सम्वृद्धिसँग अनिवार्य रुपमा जोडेर उनीहरूका लागि राज्यका तर्फबाट लगानी वृद्धि गर्ने र संविधानको मूल मर्म अनुरूप कानुन निर्माण गर्दै महिला तथा बालबालिका लक्षित कार्यक्रमहरूलाई सबै क्षेत्रमा मूल प्रवाहिकरण गर्नु अत्यन्त जरुरी छ ।’
प्रधानमन्त्री दाहालले संघीय संरचना अनुसकार तीन वटै तहका सरकारमा लैंगिक हिंसाविरुद्धका कानुनी तथा संस्थागत व्यवस्थालाई आन्तरिकीकरण र संस्थागत गरी संवेदनशील र महत्वका साथ अगाडि बढाउनुपर्ने भन्दै सबैलाई त्यसका लागि आग्रह गरे ।
लैङ्गिक हिंसा मुक्त समाज निर्माणका लागि सरकारको एकल प्रयास प्रयाप्त नभएको उल्लेख गरेका उनले व्यक्ति,परिवार,संस्था,संरचना सबैमा चेतना र रुपान्तरण हुनुपर्ने उनले बताए । ‘लैङ्गिक हिंसा मुक्त समाज निर्माण सरकारको एकल प्रयासले मात्रै सम्भव छैन ।
व्यक्ति,परिवार,संस्था,संरचना सबैमा रुपान्तरण नहुँदासम्म प्रगतिशील चिन्तन संस्कृतिको विकास नहुँदासम्म सरकारका कार्यक्रम हरुले मात्रै समतामुलक समाजको निर्माण सम्भव छैन’ दाहालले भनेका छन् ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन देशैभरि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ मंसिर २०८०, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड