चार महिनामा १ अर्ब ३८ करोडको चिया निर्यात

सफल खबर संवाददाता

शुक्रबार, ०८ मंसिर २०८०, १५ : ३३
चार महिनामा १ अर्ब ३८ करोडको चिया निर्यात

काठमाडौँ । नेपालले चार महिनामा १ अर्ब ३८ करोड रुपैयाँ बराबरको चिया निर्यात गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा कूल १ अर्ब ३८ करोड ५२ लाख ७९ हजार रुपैयाँ बराबरको ५ हजार ७१८ टन चिया निर्यात भएको हो । 

छिमेकी मुलुक भारत र चीनसँगै तेस्रो मुलुक अमेरिका, अस्ट्रेलिया, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, नेदरल्याण्ड, रसिया लगायतका देशहरुमा कालो चिया निर्यात भएको भन्सार विभागले जनाएको छ ।यसका साथै, यी मुलुकहरुमा ग्रीन टी अर्थात् हरियो चिया र कफीको समेत राम्रो माग रहेको विभागले जनाएको छ ।

यसअवधिमा १० करोड ६५ लाख १९ हजार रुपैयाँ बराबरको हरियो चिया निर्यात भएकोमा १ करोड ५५ लाख ३६ हजार रुपैयाँ बराबरको कफी निर्यात भएको विभागले जनाएको छ ।