सिटिजन लाइफले भारतमा जित्यो बेष्ट स्ट्राटेजिक फर इन्स्योरेन्स स्प्रिडिङ अवार्ड

सफल खबर संवाददाता

शुक्रबार, ०८ मंसिर २०८०, १५ : ०८
सिटिजन लाइफले भारतमा जित्यो बेष्ट स्ट्राटेजिक फर इन्स्योरेन्स स्प्रिडिङ अवार्ड

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले भारतमा स्ट्राटेजिक फर इन्स्योरेन्स स्प्रिडिङ अवार्ड जितेको छ ।इन्डियन चेम्बर अफ कमर्सद्वारा आयोजित इमर्जिङ एसिया इन्स्योरेन्स स्प्रिडिङ अवार्डको चौंथो संस्करणको अवार्डको रुपमा यो अवार्ड जितेको हो ।

 

नेतृत्वदायी भूमिका निर्वाह गर्दै बीमाको क्षेत्रमा विशेष योगदान पुर्याएका एसिया महादेश भित्रका इन्स्योरेन्स कम्पनीमध्येबाट उत्कृष्टलाई इन्डियन चेम्बर अफ कमर्सले विगत ४ वर्षदेखि यो अवार्ड दिँदैआएको छ ।महाराष्ट्रकाे मुम्बईमा आयोजित एक समारोहमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेललाई उक्त अवार्ड प्रदान गरिएको हो ।

जीवन बीमा कम्पनीमध्ये बीमासम्बन्धी सेवा विस्तार र बीमा सचेतना पुर्याउने कार्यमा सबैभन्दा उत्कृष्ट रणनीति अपनाएको कम्पनीको रुपमा सिटिजन लाइफ यो पुरस्कार प्रदान गरिएको कार्यक्रममा जानकारी दिइयो ।

२०७४ भदौ ७ गतेबाट नेपाल बीमा प्राधिकरणबाट सञ्चालनको अनुमति पाइ सोही वर्षको कार्तिक २ बाट सञ्चालनमा रहेको सिटिजन लाइफ इन्स्योरेन्स नेपालको फैलदो बीमा क्षेत्रकै उत्कृष्ट प्रतिनिधि बीमा कम्पनी रहेको यस क्षेत्रका जानकारहरूको भनाइ छ । 

हाल देशभरका १४१ शाखा, उपशाखाहरू र लगभग ६१ हजारभन्दा बढी अभिकर्ताबाट सेवाग्राहीलाई आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिँदै गुणस्तरीय सेवा प्रवाहमा आफू सधैँ तयार रहेको कम्पनीले जनाएको छ ।

‘हामी हाम्रा ग्राहक वर्गको भविष्यमा आइपर्न सक्ने कुनै पनि आर्थिक जोखिमका विरुद्ध आर्थिक र वित्तीय सुरक्षाको ग्यारेन्टी दिनसक्ने भरपर्दो र विश्वासिलो बीमा कम्पनीको परिचय बनाउन सफल भएका छौं,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस