काठमाडौँ । एमाले नेता तथा राष्ट्रिय युवासंघका इन्चार्ज महेश बस्नेतले गणतन्त्र विरोधी दुर्गा प्रसाईंलाई एमाले नेता कार्यकर्तालाई छोएर देखाउन चुनौती दिएका छन् ।
एमाले पार्टी कार्यालय च्यासलमा शुक्रवार युवा संघको दोस्रो केन्द्रीय कमिटी बैठकमा बोल्दै नेता बस्नेतले बिहीबार प्रसाई समर्थकले हेटौँडा र कलंकीबाट तीनकुने हिँडेका आफ्ना कार्यकर्तामाथि आक्रमण प्रयास भएको भन्दै युवा संघ सशक्त भएकाले प्रतिरोध गर्न सफल भएको बताए ।
बस्नेतले युवासंघलाई जुध्न बाध्य नपार्न चेतावनी दिए । ‘युवा संघसँग टक्कर लिनेले ठक्कर खान्छ । आज पनि म सुन्दैछु श्रीलङ्का बनाउने रे ! नेताहरूका घर हान्ने रे । तिम्रा बाउका तागत छ भने एमाले नेताका घरहरू छोएर हेर ।
हिम्मत छ भने एमालेका समर्थक शुभचिन्तकहरूलाई छोएर हेर’, उनले भने, ‘एमाले पङ्क्ति अरिङ्गालको गोला जस्तो हुनेछ ।’उनले एमाले नेता र उनीहरूका घर छोएमा पुच्छर ठाडो पारेर फाँटैफाँट लखेट्ने चेतावनी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ मंसिर २०८०, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनगढीमा एमाले नेता महेश बस्नेतविरूद्ध प्रदर्शन
नेविसंघका जिल्ला नेताले गरेका थिए महेश बस्नेतलाई आक्रमण प्रयास
विरोध र आलोचना स्वीकार्य छ, हिंसात्मक हर्कत आपत्तिजनक : महेश बस्नेत
एमाले नेता महेश बस्नेत सवार गाडीमा रातो छ्यापियो
‘नेसनल भोलेन्टियर फोर्स’ पार्टीको स्वयंसेवक र प्रतिरोधी संगठन : महेश बस्नेत
सिमरा जान रोकिएपछि महेश बस्नेतको आरोप : ‘जेन जेडको नाममा विभिन्न दलले अराजक भिड उतारे’