शान्ति सुरक्षा कायम राख्न सरकार चुकेको कांग्रेस नेता सिंहको आरोप

सफल खबर संवाददाता

बुधबार, १३ भदौ २०७५, २० : २२
शान्ति सुरक्षा कायम राख्न सरकार चुकेको कांग्रेस नेता सिंहको आरोप

नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा शान्तिसुरक्षा कायम राख्न सरकार चूकेको आरोप लगाउनुभएको छ ।
स्वर्गीय मंगलादेवी सिंहको २२ औ स्मृति दिवसका अबसरमा नेपाल महिला संघले बुधबार काठमाडौमा गरेको कार्यक्रममा नेता सिंहले मुलुकको शान्ति सुरक्षा कमजोर भएकै कारण बिभिन्न स्थानमा हत्या हिंसा र वलात्कारका घटना बढेको बताउनुभयो ।
हाले कञ्चरपुरमा सरकारले दमन गरेकै कारण हिंसात्मक झडपको अबस्था सिर्जना भएको जिकिर गर्नुभयो । त्यस्तै उहाले कञ्चनपुर राज्यले निर्वाह गर्नुपर्ने जिम्मेवारी पुरा गर्न नसकेको बताउनुभयो ।
नेता सिंहले सरकारले जनतालाई दिएको दुइतिहाई मतको मुल्याङ्कन गर्न नसकेको आरोप लगाउनुभयो ।
उहाले संबिधानले दिएको अधिकारलाई अधिकतम सदुपयोग गर्न महिला नेतृहरुलाई सुझाव दिनुभयो ।
कार्यक्रममा सहभागी महिला नेतृहरुले नेपालको प्रजातान्त्रीक आन्दोलनमा स्वर्गीय मंगलादेवी सिंहले गर्नुभएको योगदानको चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस