श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्यो

पत्रपत्रिकाबाट

शुक्रबार, ०८ मंसिर २०८०, ०७ : ५०
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्यो

काठमाडौ । चालुु आर्थिक वर्ष २०८०-८१ को पहिलो चार महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या गत आर्थिक वर्षको सोही अवधिमा भन्दा केही घटेको छ । 

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत साउन, भदौ,  असोज  र  कात्तिकमा  दुई  लाख  छ  हजार  ३१६ जना बिदेसिएका छन् जुन गत वर्षको सोही अवधिभन्दा ६४ हजार २०८ ले कमी हो । 

गत वर्ष सो अवधिमा दुुई लाख ७० हजार ५२४ जनाले श्रम स्वीकृति लिएर विदेश गएका थिए । यो वर्ष सबैभन्दा कम कात्तिकमा ४३ हजार ६२२ जनाले श्रम स्वीकृति लिएका छन् जुन अघिल्लो कात्तिकमा ७८ हजार ३७० थियो ।

यो सङ्ख्या हेर्दा गत वर्ष र यो वर्षको कात्तिक महिनामा विदेश जानेको सङ्ख्या करिब आधाले घटेको छ । विभागका  महानिर्देशक  महेश  दाहालका  अनुसार यो वर्ष दसैँ र तिहार नै कात्तिक महिनामा परेकाले श्रम स्वीकृति लिने घटेका हुन् । 

वैदेशिक रोजगार  अध्ययन  कर्ता  रामेश्वर  नेपालले  भने  विश्वव्यापी  आर्थिक  मन्दीको  असरले  यस्तो  भएको दाबी गरे । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस