काठमाडौं । सरकारले जंगली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले अब निजी खेत, खला, बारीमा आई क्षति पुर्याउने अवस्थामा बँदेललाई विना अनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सक्ने निर्णय गरेको हो ।
वन तथा वातावरण मन्त्रालयले गत सोमबार राजपत्रमा सुचना प्रकाशित गर्दै निजी खेत, खला, बारीमा आउने साँनो जातको बँदेल बाहेकको जंगली बँदेललाई चालु आर्थिक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो। सो घोषणासँगै अनुज्ञापत्र बिना धपाउन, लखेट्न, पक्रन वा मार्न सक्ने निर्णय सरकारले गरेको छ ।
मरेको बँदेललाई सम्बन्धित वडाको एकजना प्रतिनिधिसहित कम्तीमा ५ जना स्थानीय व्यक्तिको रोहबरमा मुचुल्का खडा गरी गाड्न वा तौलको आकारमा मुल्य तोकी उक्त रकम सम्बन्धित स्थानीय तहमा राजश्वका रुपमा दाखिला गर्नेपर्ने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ मंसिर २०८०, २० : ०७
लेखकबाट थप