प्रदेश ३ को नाम नेवा ताम्सालिङ राख्न माग

सफल खबर संवाददाता

बुधबार, १३ भदौ २०७५, १८ : २३
प्रदेश ३ को नाम नेवा ताम्सालिङ राख्न माग

चितवन । आदिवासी समुदायले ३ नम्बर प्रदेशको नाम नेवा ताम्सालिङ राख्न माग गरेको छ । प्रदेश ३ मा बस्ने स्थानिय समुदायको बाहुल्यताको आधारमा नेवा ताम्सालीङ राख्न माग गरेका हुन । नेवा ताम्सालिङ समन्वय समिति चितवनले वुधवार प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाउदै प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो । 
नेवा तामसालीङ नामाकरण गर्दा स्थानिय बाहुल्य समुदायको पहिचानको संबोधन हुनका साथै पिछाडी परेका समुदायलाई अगाडि बढाउन सजिलो हुने विश्वास पनि गरीएको छ । यसले द्धन्द्ध पनि मेटिने, पहिचान पनि भेटिने तथा बहुपहिचानको नाराले पनि मुर्त रुप पाउने भएकाले विशेष ध्यान दिन अन्य सरोकारवाला पक्षलाई पनि अपिल गरेको छ । 
विज्ञाप्तिमा विगत लामो समयबाट हक अधिकारसँग पहिचानको मुद्धा केन्द्रत आन्दोलन हुदै आएकाले अब पनि माग सम्बोधन नभए मुलुकमा शान्ति कायम हुन नसक्ने र सरकारको विकास तथा समृद्धिको योजनाहरु सफल नहुने दावी गरीएको छ ।

प्रतिक्रिया दिनुहोस