सबैभन्दा बढी कर तिर्ने संस्थामा सूर्य नेपाल र व्यक्तिगतमा विजयकुमार शाह

सफल खबर संवाददाता

विहीबार, ०७ मंसिर २०८०, ०९ : १७
सबैभन्दा बढी कर तिर्ने संस्थामा सूर्य नेपाल  र व्यक्तिगतमा विजयकुमार शाह

काठमाडौँ । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस-२०८० का अवसरमा १६ जना करदातालाई सम्मान गरेको छ । बिहीबार विभागमा आयोजित कार्यक्रममा अर्थमन्त्री प्रकाशशरण महतले सम्मान गरेका हुन् । 

आर्थिक वर्ष २०७९/०८० का उत्कृष्ट करदातालाई विभागले सम्मानित गरेको हो । संस्थागततर्फ आयकर, मूल्यअभिवृद्धि कर र अन्त:शुल्कसाथै नियमित करदाता दुई विधामा सूर्य नेपाल प्रालिलाई सम्मान गरिएको छ । व्यक्तिगततर्फ भने सबैभन्दा बढी आयकर तिर्नेमा विजयकुमार शाह छन् ।

त्यस्तै बढी आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार कम्पनी, नियार्त कारोबारमार्फत कर दाखिला गर्नेमा डाबर नेपाल र विशेष उद्योगमा एसियन पेन्ट्सलाई सम्मान गरिएको छ ।

कृषि र पशु क्षेत्रमा ओबिस फुड्स एन्ड फिड, सहकारी तथा लघुवित्ततर्फ छिमेक लघुवित्त, बैंक तथा वित्तीय संस्थामा ग्लोबल आईएमई बैंक, बीमा व्यवसायतर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन र स्वास्थ्य तथा शिक्षातर्फ नोबेल मेडिकल कलेज छन् । त्यसैगरी पर्यटनमा मनकामना दर्शन,र र वस्तु व्यापारको कारोबारमा भाटभटेनी सुपर मार्केट छन् ।

मध्यमस्तरका करदाताअन्तर्गत (५० करोडदेखि १ अर्ब) नेपाल स्टक एक्सचेन्ज, ऊर्जामा भोटेकोशी पावर प्रालि र रेमिट्यान्समा आईएमई रहेका छन् । आन्तरिक राजस्व विभागले २०६९ सालदेखि हरेक वर्ष विभिन्न क्षेत्रका ठूला करदातालाई सम्मान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस