काठमाडौँ । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस-२०८० का अवसरमा १६ जना करदातालाई सम्मान गरेको छ । बिहीबार विभागमा आयोजित कार्यक्रममा अर्थमन्त्री प्रकाशशरण महतले सम्मान गरेका हुन् ।
आर्थिक वर्ष २०७९/०८० का उत्कृष्ट करदातालाई विभागले सम्मानित गरेको हो । संस्थागततर्फ आयकर, मूल्यअभिवृद्धि कर र अन्त:शुल्कसाथै नियमित करदाता दुई विधामा सूर्य नेपाल प्रालिलाई सम्मान गरिएको छ । व्यक्तिगततर्फ भने सबैभन्दा बढी आयकर तिर्नेमा विजयकुमार शाह छन् ।
त्यस्तै बढी आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार कम्पनी, नियार्त कारोबारमार्फत कर दाखिला गर्नेमा डाबर नेपाल र विशेष उद्योगमा एसियन पेन्ट्सलाई सम्मान गरिएको छ ।
कृषि र पशु क्षेत्रमा ओबिस फुड्स एन्ड फिड, सहकारी तथा लघुवित्ततर्फ छिमेक लघुवित्त, बैंक तथा वित्तीय संस्थामा ग्लोबल आईएमई बैंक, बीमा व्यवसायतर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन र स्वास्थ्य तथा शिक्षातर्फ नोबेल मेडिकल कलेज छन् । त्यसैगरी पर्यटनमा मनकामना दर्शन,र र वस्तु व्यापारको कारोबारमा भाटभटेनी सुपर मार्केट छन् ।
मध्यमस्तरका करदाताअन्तर्गत (५० करोडदेखि १ अर्ब) नेपाल स्टक एक्सचेन्ज, ऊर्जामा भोटेकोशी पावर प्रालि र रेमिट्यान्समा आईएमई रहेका छन् । आन्तरिक राजस्व विभागले २०६९ सालदेखि हरेक वर्ष विभिन्न क्षेत्रका ठूला करदातालाई सम्मान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ मंसिर २०८०, ०९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर विवरण नबुझाउने ८ करदातालाई आन्तरिक राजस्व कार्यालय चाबहिलको १५ दिने अल्टिमेटम
आन्तरिक राजस्व कार्यालय हेटौँडाबाट दश महिनामा करिब ६ अर्ब राजस्व सङ्कलन
राजस्व चुहावट रोक्न भन्सार नाकामा कडाइ
खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व
घरजग्गा कारोबारबाट माघ महिनामा पाँच अर्ब राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय हेटौँडाबाट असी करोड राजस्व सङ्कलन