कास्कीमा एनआइसी एसिया बैंकका दुई शाखा आजबाट सञ्चालनमा

सफल खबर संवाददाता

बुधबार, १३ भदौ २०७५, १६ : ५५
कास्कीमा एनआइसी एसिया बैंकका दुई शाखा आजबाट सञ्चालनमा

पोखरा । एनआइसी एसिया बैंकले बुधबार कास्कीमा २ वटा शाखाको औपचारिक उद्घाटन कास्कीको न्युरोड पोखरा र अन्नपूर्ण गाउँपालिकाको नौडाँडामा शाखा शुभारम्भ गरेको छ । बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले एक कार्यक्रमका बीच शाखाको उद्घाटन गरेका हुन् ।
निजी क्षेत्रको अग्रणी यस ‘बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले मुलुकभर २ सय ४१ शाखाहरु सञ्चालनमा ल्याउन सफल भएका छौं,’ सञ्चालक अर्यालले भने, ‘सबैभन्दा धेरै शाखा सञ्जाल भएको यस बैंकले आम नेपाली जनताबीच बैंकिङ पहुँच पु¥याउन चाहन्छ ।’


१८ वटा शाखारहित बैंकिङ इकाई मार्फत बैंकिङ सेवा प्रदान गर्न बैंक सफल रहेको सहायक प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकृत सुधिरनाथ पाण्डेले जानकारी दिए । ‘बैंकको वासलातको आधार १ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ,’ उनले भने, ‘निक्षेप १ खर्ब ५५ अर्ब रुपैयाँ र कर्जा लगानी १ खर्ब २७ अर्ब रुपैयाँ छ ।’ 
बैंकबाट १२ लाख १९ हजार ग्राहकले  वित्तीय सेवा लिइरहेको क्षेत्रीय प्रमुख दीपेन्द्र शर्माले जानकारी दिए । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आइरहेको क्षेत्रीय प्रवन्धक शर्माले बताए । शाखा उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक पोमनाथ गौतम, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्की, पोखरा ८ का वडा अध्यक्ष रुद्रनाथ बराल लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस