काठमाडौँ । नस्ल सुधार प्रयोजनका लागि भारत सरकारले अनुदानमा दिएको मुर्रा राँगा बुधबार नेपाल ल्याइएको छ ।
नेपालगञ्जस्थित पशु क्वारेन्टाइन कार्यालयका प्रमुख डा विनय कुमार कर्णले १५ वटा राँगा ल्याइएको जानकारी दिए । ती राँगा रुपैडिया नाका हुँदै नेपाल भित्र्याइएको हो । नेपालगञ्जस्थित पशु होल्डिङ्ग सेन्टरमा राखेर स्वास्थ्य परीक्षण प्रक्रिया पूरा भएपछि राँगालाई विभिन्न जिल्लामा पठाइनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ मंसिर २०८०, २१ : १३
लेखकबाट थप