छात्रामाथि यौन दुर्व्यवहार गर्ने प्रिन्सिपल पक्राउ

सफल खबर संवाददाता

बुधबार, १३ भदौ २०७५, १६ : १७
छात्रामाथि यौन दुर्व्यवहार गर्ने प्रिन्सिपल पक्राउ

तस्बिर : प्रेम सुनार

बुटवल । बुटवलस्थित ज्ञानपुञ्ज सेकेन्डरी ईङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल आफ्नै विद्यालयका छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । प्रिन्सिपल तोयाराम पौडेललाई अफैले पढाउने छात्रालाई यौन दुब्र्यबहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो ।  
होस्टेलमा बस्दै आएकी बुटवल ११ नहरपुरकी गुरुङ थर गरेकी एक छात्राले आफ्नो आमाबुबासँग प्रिन्सिपल पौडेलले गरेको दुब्र्यबहारका बारेमा बताएपछि विद्यालयमा स्थानीयले नाराबाजी गरेका छन् । उनीहरुले पौडेललाई कारबाहीको माग पनि गरेका छन् । आक्रोशित स्थानीयले विद्यालयमा तोडफोडको प्रयास गरेपछि ठुलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस