ललितपुर महानगरमा २ वटा दमकल थपिए

सफल खबर संवाददाता

बुधबार, ०६ मंसिर २०८०, १३ : १४
ललितपुर महानगरमा २ वटा दमकल थपिए

ललितपुर । ललितपुर महानगरपालिकालाई दुईवटा अत्याधुनिक दमकल खरिद गरेको छ । बुधबार बिहान एक कार्यक्रमबिच ती दमकल परिचालनको शुभारम्भ गरिएको हो ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले रिबन काट्नुका साथै पूजा गरेर दमकल परिचालनको उद्घाटन गरे । इसुजु कम्पनीका ती दमकलहरूको मूल्य ५ करोड ६५ लाख रुपैयाँ रहेको महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए ।

साढे दुई हजार लिटर पानी अट्ने क्षमता रहेको ती दमकलमा ३ सय लिटरको फोम ट्याङ्की पनि रहेको छ । यसलाई सानो बाटोमा पनि परिचालन गर्न सकिने हाछेथुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस