काठमाडौं। काठमाडौंको माइतीघर र नयाँ बानेश्वर क्षेत्रमा निषेधाज्ञा लगाउने प्रशासनको निर्णयविरुद्ध परेको रिट न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको छ ।माइतीघर आसपासमा निषेधाज्ञा लगाउने प्रशासनको निर्णयविरुद्ध अधिवक्ता स्वागत नेपाल र प्रेमराज सिलवालले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।
यी रिट पेशीको पुछारतिर ‘ट’ र ‘ठ’मा छन् ।विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं तथा नेकपा एमालेको युवा संघले एकै ठाउँमा प्रदर्शन गर्ने निर्णय गरेपछि झडप हुन। नदिन प्रशासनले माइतीघर क्षेत्रमा निषेधाज्ञा लगाएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ मंसिर २०८०, १३ : ०९
लेखकबाट थप