शेयरसंसारले त्यायो लगानीकर्ताको लागि एस्एस् प्रो सफ्टवेयर, नेपालमै पहिलो लगानी क्याल्कुलेटर र मार्केटमा लगानीकर्ताको विश्वास नाप्ने मिटर सहित

सफल खबर संवाददाता

बुधबार, १३ भदौ २०७५, १५ : ५१
शेयरसंसारले त्यायो लगानीकर्ताको लागि एस्एस् प्रो सफ्टवेयर, नेपालमै पहिलो लगानी क्याल्कुलेटर र मार्केटमा लगानीकर्ताको विश्वास नाप्ने मिटर सहित

काठमाडौं । विगत ८ वर्षदेखि नेपाली शेयरबजार सम्बन्धी तथ्यपरक समाचार प्रकाशित गर्दै आएको र पोर्ट्फोलियो सफ्टवेयर पनि सञ्चालन गर्दै आएको शेयरसंसार डट कमले ूएस् एस् प्रोू सफ्टवेयर सार्वजनिक गरेको छ। लगानी गर्नका लागि आवश्यक हुने कम्पनीहरुको आर्थिक विवरणहरू, लाइभ चार्ट सफ्टवेयर, वाचलीस्ट, पोर्ट्फोलियो जस्ता विशेषताहरू रहेको एस् एस् प्रो ९क्क् एचय० सफ्टवेयरमा नेपालमै पहिलो पटक लगानी क्याल्कुलेटर र मार्केटमा लगानीकर्ताको विश्वास नाप्ने मिटर पनि रहेको छ।
कम्पनीहरुले सार्वजनिक गर्ने वित्तीय विवरणहरुको विश्लेषण गरी दैनिक उतारचढाव हुने बजारमा कसरी जोखिम कम गर्न सकिन्छ, त्यसका लागि एस् एस् प्रो मा थुप्रै सुविधाहरू छन्। ूकम्पनीहरुले प्रकाशित नगर्ने तर लगानीको लागि महत्त्वपूर्ण हुने दर्जनभन्दा बढी वित्तिय अनुपातहरु, बजारको गहिरोसँग विश्लेषण गर्ने उपकरणहरू, सामुहिक लगानी कोषहरूको खरिद(बिक्रीको विश्लेषण, ब्रोकरहरुको कारोबारको निरीक्षण, र कुन महिना कुन कम्पनी खरिद गर्दा जोखिम कम हुन्छ भनी देखाउने उपकरणहरु एस् एस् प्रो मा छन्ू, शेयरसंसारको ढल्को स्थित कार्यालयमा एस् एस् प्रो सार्वजनिक गर्दै कम्पनीका प्रबन्ध निर्देशक सन्दीप बिक्रम राणाले भन्नुभयो। शेयर लगानीकर्ताहरुले आफ्नै विवेक प्रयोग गरी, बजारमा फैलाइ्एका हल्लाहरुमा नपरी राम्रो लगानीको योजना आफैँ बनाउन चाहिने सुविधाहरु सबै एस् एस् प्रो मा रहेको छ।
बजारलाई तलमाथि गर्न सक्ने विभिन्न तत्त्वहरूमा नियमित निरीक्ष्ण गर्न नसक्ने लगानीकर्ताहरुको लागि पनि एस् एस् प्रो ले नेपालमै पहिलो पटक बजारको विश्वाश मापन गर्ने “मार्केट कन्फिडेन्स मिटरू ल्याएको छ। अहिलेको बजारप्रति लगानीकर्ताहरूको विश्वाश कति छ भनी कन्फिडेन्स मिटरले ० देखि १०० सम्मको सीमामा देखाउँछ।
आफ्नो लगानीको अहिलेको मुल्य कति, अहिलेसम्म कति घाटा कति नाफा भयो, कति लाभांश आर्जन गरियो लगायतका विवरणहरुको लागि एस् एस् प्रो मा नै पोर्टफोलियो सफ्टवेयर पनि रहेको छ। यसमा आफ्नो लगानीका साथै आफ्नै घर(परिवारका अन्य सदस्यहरुको पनि शेयरमा गरिएका लगानीहरूको विवरण राख्न सकिन्छ। यतिमात्र नभई आफुसँग रहेको कम्पनीहरूको बजारमा अस्वभाविक रूपमा उतार(चढाव भएमा सोको जानकारी पनि एस् एस् प्रो ले दिन्छ।

प्रतिक्रिया दिनुहोस