फिफा विश्वकप छनोट: यमनसँग नेपाल पराजित

सफल खबर संवाददाता

बुधबार, ०६ मंसिर २०८०, ०७ : ००
फिफा विश्वकप छनोट: यमनसँग नेपाल पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपाल पराजित भएको छ। मंगलबार साँझ दशरथ रंगशालामा भएको खेलमा नेपाल यमनसँग २–० गोल अन्तरले पराजित भएको हो ।

खेलको पहिलो हाफमा यमनलाई बराबरीमा रोकपनि दोस्रो हाफमा नेपाल सम्हालिन सकेन । यमनका लागि खेलको ७२ औँ मिनेटमा ओमर अलदही र ९० औँ मिनेटमा मोहम्मद अब्दुल्लाह अल–दहीले गोल गरे ।

विश्वकप फुटबलको एसियन छनोटको दोस्रो चरणका लागि नेपालको समूहमा युएई, बहराइन र यमन छन्। फिफा वरीयतामा युएई ६९औं स्थानमा छ। भने बहराइन ८३औं र यमन १५६औं स्थानमा रहँदा नेपाल १७३औं स्थानमा छ।

चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छानिनेछन्। भने दुई टिम विश्वकपको तेस्रो चरणका लागि छनोट हुनेछन् । पहिलो चरणमा लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस