काठमाडौँ । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ९० मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-६ बस्ने २३ वर्षीय मन कुमार विश्वकर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको बताइएको छ ।
त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका-२ बैयाबेहडी शिव मन्दिर नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय ९० मिलिग्रामसहित सोही उपमहानगरपालिका-२ बस्ने १७ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यता पर्साको वीरगंज महानगरपालिका-८ घण्टाघरबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १० ग्राम, नगद ८ हजार रूपैयाँ, मोबाइल १ थानसहित भारत मोतिहारी थाना नकरदेई बिर्ता बस्ने २५ वर्षीय जादु लाल कुमार यादवलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोस्ट घण्टाघरबाट खटिएको प्रहरीले साइकलयात्री यादवलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ मंसिर २०८०, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ
दाजुको हत्या गरी फरार युवक पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
गोली प्रहार गरेर भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ
निकुञ्जसम्बन्धी कसुरमा ४४२ जना पक्राउ