काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरण अनुगमन महाशाखाले टिकटकको प्रयोग भइरहेको भए जानकारी गराउन अनुरोध गरेको छ ।
प्राधिकरणले आज एक सूचना प्रकाशित गरी नेपाल सरकारको निर्णयअनुसार दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरुलाई टिकटक बन्दका लागि यसअघि नै निर्देशन दिइसकेको स्मरण गराएको छ ।
टिकटक बन्दपछि पनि कुनै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकले सो निर्देशन कार्यान्वयन नगरेको भए त्यस्तो कम्पनीको बारेमा जानकारी गराउन प्राधिकरणले अनुरोध गरेको हो ।
सरकारले गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठककाे निर्णयअनुसार सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परको भन्दै तत्काल टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ मंसिर २०८०, १० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वसामु नेपालको प्रवर्द्धन गर्ने लक्ष्यसहित पर्यटन बोर्ड र टिकटकबीच साझेदारीको घोषणा
टिकटक लाइभमा गालीगलौज गर्ने युवती पक्राउ
टिकटक अकाउन्टको निहुँमा पाकिस्तानी बुबाले छोरीको हत्या गरे : प्रहरी
कलाकारका लागि टिकटकको नयाँ प्लेटफर्म
अमेरिकामा टिकटकको म्याद ७५ दिन थप, प्रतिबन्धबाट बच्न बेच्न आवश्यक
ट्रम्पको आश्वासनपछि अमेरिकामा टिकटक पुनः सञ्चालनमा