विश्वकप क्रिकेटको फाइनल आज, भारत र अष्ट्रेलिया प्रतिस्पर्धा गर्दै

सफल खबर संवाददाता

आइतबार, ०३ मंसिर २०८०, ०७ : ५६
विश्वकप क्रिकेटको फाइनल आज, भारत र अष्ट्रेलिया प्रतिस्पर्धा गर्दै

एजेन्सी । विश्वकप क्रिकेटको फाइनल खेल आज  हुँदैछ । भारतको अहमदाबादमा हुने फाइनल खेलमा भारतको राष्ट्रिय टिम र अष्ट्रेलियाको राष्ट्रिय टिम प्रतिस्पर्धा गर्दैछन् ।

विश्वकपको फाइनल दिउँसो २ बजेदेखि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । अहमदाबाद र वरपरका सहरहरूमा छतारे, पाँचतारे र तीनतारेसम्मका सुविधाजनक होटल बुक भइसकेका छन् । अरू स्तरका होटलहरूमा पनि कोठाको माग अकाशिएको छ ।

आइतबार रातिको लागि शीर्ष छ तारे होटलहरूको कोठा भाडा एक लाख पुगेको छ ।समर्थकले भारतको जितका लागि प्रयागराज, मुम्बई, अहमदाबादमा पूजाअर्चनासहित यज्ञहवन गरेर प्रार्थना गरिरहेका छन् ।

फाइनल खेलअघि भारतीय वायुसेनाले एयर सो आयोजना गर्ने भएको छ । भारतीय वायुसेनाको एरोबेटिक टोली सूर्यकिरणले शुक्रबार र शनिबार रिहर्सल गरेको थियो । यो सो खेल हुनुभन्दा करिब नौ मिनेटअघिसम्म चल्नेछ । खेल हेर्न भारतबाहिरबाट दुई हजार दर्शक आउने अपेक्षा गरिएको छ । भारत र अस्ट्रेलियाबीचको यो हाई भोल्टेज खेल हेर्न हजारौँ मानिस अहमदाबाद पुगेका छन् ।

कपिलदेवको कप्तानीमा भारतले पहिलो एकदिवसीय विश्वकप जितेको थियो । त्यसपछि महेन्द्रसिंह धोनीको कप्तानीमा भारतले दोस्रोपटक विश्वकपको उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस