कामपाले १६ वर्षपछि गर्‍यो करारमा सफाइ कर्मचारी नियुक्ति

पत्रपत्रिकाबाट

आइतबार, ०३ मंसिर २०८०, ०७ : ५३
कामपाले १६ वर्षपछि गर्‍यो करारमा सफाइ कर्मचारी नियुक्ति

काठमाडौ । काठमाडौं महानगरपालिकाले आफ्नो मातहतका सबै सडक पूर्ण रूपमा सफाइ अभियान शुरू गरेको छ ।

कामपाले शुक्रबारबाट करार सेवाका ३ सय कर्मचारी थप गरी सबै सडक सफा गर्ने अभियन शुरू गरेको हो । 

कामपा वातावरण व्यवस्थापन विभागले ३२ वटै वडामा सफाइ मजदुर परिचालन गरेको छ । विभागीय प्रमुख रविनमान श्रेष्ठले २५ जनाको समूहले सडकमा रहेका सबै टुक्राटाक्री टिपनटापनदेखि सडकलाई पूर्ण रूपमा सफा गर्ने बताए । 

नेपाल समाचार पत्रले १६ वर्षपछि कामपाले सफाइ कर्मचारी करारमा नियुक्ति गरेको खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस