काठमाडाैं । चीनले नयाँ पुस्ताको समुन्द्री उपग्रह प्रक्षेपण गरेको छ । चीनले नयाँ पुस्ताको महासागर रङ अनुगमन उपग्रह अन्तरिक्षमा पठाएको हो । जसले समुन्द्री पानीको सुधार गर्न मद्दत गर्दछ । यो विश्वको पहिलो उच्च परिशुद्धता महासागर रंग अवलोकन उपग्रह हो । जसले विश्वभरका विभिन्न जल निकायहरूलाई लक्षित गर्दछ ।
यसले पानीको रंग, पानीको तापक्रम, समुन्द्री बरफ, निलम्वित पदार्थ र पानीको पारिस्थितिको बारेमा अनुसन्धान गर्नेछ । चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन अन्तर्गत पृथ्वी अवलोकन र डाटा केन्द्रका उपप्रमुख इन्जिनियर मेङ लिङ्जीले उपग्रहले चीनको मुख्य समुन्द्री मार्गहरूको लागि रिमोट सेन्सिङ सेवाहरू प्रदान गर्ने बताउनु भयो ।
साथै माछा पालन स्रोतहरूको उपयोग र समुन्द्री प्रदूषण अनुगमनलाई बढावा दिने बताउनु भयो । यो उपग्रह उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बिहान ११ः५५ बजे (बेइजिङ समय) लङ मार्च-२सी क्यारियर रकेटद्वारा प्रक्षेपण गरिएको थियो । पछि यो सफलतापूर्वक योजनावद्ध कक्षमा प्रवेश गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०२ मंसिर २०८०, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास
चीनले बनायो विश्वकै पहिलो सिक्स जी चिप
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’