काठमाडाैं । चीनले नयाँ पुस्ताको समुन्द्री उपग्रह प्रक्षेपण गरेको छ । चीनले नयाँ पुस्ताको महासागर रङ अनुगमन उपग्रह अन्तरिक्षमा पठाएको हो । जसले समुन्द्री पानीको सुधार गर्न मद्दत गर्दछ । यो विश्वको पहिलो उच्च परिशुद्धता महासागर रंग अवलोकन उपग्रह हो । जसले विश्वभरका विभिन्न जल निकायहरूलाई लक्षित गर्दछ ।
यसले पानीको रंग, पानीको तापक्रम, समुन्द्री बरफ, निलम्वित पदार्थ र पानीको पारिस्थितिको बारेमा अनुसन्धान गर्नेछ । चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन अन्तर्गत पृथ्वी अवलोकन र डाटा केन्द्रका उपप्रमुख इन्जिनियर मेङ लिङ्जीले उपग्रहले चीनको मुख्य समुन्द्री मार्गहरूको लागि रिमोट सेन्सिङ सेवाहरू प्रदान गर्ने बताउनु भयो ।
साथै माछा पालन स्रोतहरूको उपयोग र समुन्द्री प्रदूषण अनुगमनलाई बढावा दिने बताउनु भयो । यो उपग्रह उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बिहान ११ः५५ बजे (बेइजिङ समय) लङ मार्च-२सी क्यारियर रकेटद्वारा प्रक्षेपण गरिएको थियो । पछि यो सफलतापूर्वक योजनावद्ध कक्षमा प्रवेश गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०२ मंसिर २०८०, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट