ललितपुरबाट ९ लाख बढीको धनमाल चोरी

सफल खबर संवाददाता

शुक्रबार, ०१ मंसिर २०८०, १४ : ३५
ललितपुरबाट ९ लाख बढीको धनमाल चोरी

काठमाडौँ । ललितपुरको बालकुमारीबाट ९ लाख ७६ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । बिहीबार ललितपुर महानगरपालिका–८ स्थित बुद्ध कुमारी श्रेष्ठको घरबाट धनमाल चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

श्रेष्ठको घरबाट सुन, चाँदीका गहना र जिन्सी सामान चोरी भएको हो । चोरीमा संलग्नहरूको खोजी भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस