काठमाडौं । झापा र भोजपुरबाट २० जना जुवाडे पक्राउ परेका छन् । प्रहरीका अनुसार झापा, गौरादह नगरपालिका-३ बस्ने युवराज खड्काको घरमा जुवातास खेलिरहेका १५ जनालाई पक्राउ गरिएको छ ।
इलाका प्रहरी कार्यालय दमक र गौरादहबाट खटिएको टोलीले ४७ वर्षीय टंक बरालसहितका १५ जनालाई शुक्रबार बिहान पक्राउ गरेको हो । उनीहरूबाट नगद १ लाख ३५ हजार ९ सय २० रूपैयाँ, कौडा १६ थान र ३ बुक तास बरामद भएको प्रहरीले बताएको छ ।
त्यस्तै, भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९ पान्धारे बजारस्थित सम्झना होटलमा जुवातास खेलिरहेका ५ जना पक्राउ परेका छन् । प्रहरी चौकी पान्धारेको टोलीले होटल सञ्चालक ३६ वर्षीय राजकुमार तामाङसहितलाई गयराति पक्राउ गरेको हो । उनीहरूबाट नगद १३ हजार ४० रूपैयाँ र १ बुक तास बरामद भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ मंसिर २०८०, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापाका ५२५ जना वन्यजन्तु पीडित राहतका पर्खाइमा
झापामा क्षयरोगका सात सय नयाँ बिरामी
झापामा आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै
झापामा क्षयरोगका ६१६ जना नयाँ बिरामी फेला
झापामा वन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
झापा पुगेर प्रचण्डले खाए केराको पातमा मासुभात