काठमाडौं । झापा र भोजपुरबाट २० जना जुवाडे पक्राउ परेका छन् । प्रहरीका अनुसार झापा, गौरादह नगरपालिका-३ बस्ने युवराज खड्काको घरमा जुवातास खेलिरहेका १५ जनालाई पक्राउ गरिएको छ ।
इलाका प्रहरी कार्यालय दमक र गौरादहबाट खटिएको टोलीले ४७ वर्षीय टंक बरालसहितका १५ जनालाई शुक्रबार बिहान पक्राउ गरेको हो । उनीहरूबाट नगद १ लाख ३५ हजार ९ सय २० रूपैयाँ, कौडा १६ थान र ३ बुक तास बरामद भएको प्रहरीले बताएको छ ।
त्यस्तै, भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९ पान्धारे बजारस्थित सम्झना होटलमा जुवातास खेलिरहेका ५ जना पक्राउ परेका छन् । प्रहरी चौकी पान्धारेको टोलीले होटल सञ्चालक ३६ वर्षीय राजकुमार तामाङसहितलाई गयराति पक्राउ गरेको हो । उनीहरूबाट नगद १३ हजार ४० रूपैयाँ र १ बुक तास बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ मंसिर २०८०, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापाबाट फर्किए पूर्वराजा
झापामा शल्यक्रियाबाट प्रसूति हुनेको संख्या उच्च
झापामा गाउँ पस्यो जंगली हात्ती
झापाका ५२५ जना वन्यजन्तु पीडित राहतका पर्खाइमा