सयपत्री फूलका मालाको माग र खपत निराशाजनक

पत्रपत्रिकाबाट

शुक्रबार, ०१ मंसिर २०८०, ०८ : १९
सयपत्री फूलका मालाको माग र खपत निराशाजनक

काठमाडौ । तिहारमा नेपालमा उत्पादित  सयपत्री  फूलका  मालाको  माग  र  खपत निराशाजनक भएको छ ।

फ्लोरिकल्चर   एसोसिएसन   नेपाल   (फ्यान) का अनुसार नेपाली सयपत्री फूलको खपत अनुुमानभन्दा ७० प्रतिशत कम भएको हो । 

फ्यानका अध्यक्ष मीनबहादुर तामाङले यस  पटक  भारतबाट  चाहिनेभन्दा  बढी  फूूल भित्रिएकाले नेपाली किसानले उत्पादन गरेका सबै फूल खेर जाने अवस्था आएको बताए ।  फ्यानले  यो  वर्ष  ४०  लाख  फूलका  माला  खपत  हुने  अनुुगमन  गरेको  थियो ।

फ्यानका अनुसार ३५ लाख सयपत्री, साढे चार लाख मखमली, गोदावरी २० हजार र मिक्स माला ३० हजार खपत हुने भन्दै आएको थियो ।

मखमली, गोदावरी र मिक्स मालाको  अनुुमान  गरे  अनुरूप  कारोबार  भए  पनि  सयपत्री  फूलका  मालाको  खपत  भने  ३०  प्रतिशतमै  सीमित  भएको  फ्यानले  जनाएको छ, गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस