गाजा । बुधबार राति मध्य गाजामा गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा ५० जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
आधिकारिक प्यालेस्टिनी न्युज एजेन्सी ‘वाफा’ का अनुसार इजरायली एयर फोर्सका लडाकु विमानले गाजा पट्टीको मध्यमा रहेको साबरामाथि हमला गरेको थियो जसमा एउटा मस्जिद क्षतिग्रस्त बनेको छ ।
एजेन्सीका अनुसार गाजाको नुसेइरत शरणार्थी क्याम्पमा मलेसियन स्कुलमा गरिएको हमलामा तीन जनाको मृत्यु भएको छ भने दक्षिणी गाजाको खान यूनिसमा गरिएको बमबारीमा एक बालकको मृत्यु भएको छ ।
इजरायली सेनाले यस दाबीमाथि कुनै टिप्पणी गरेको छ । तर, उसले हमासको ठेगानालाई निशाना बनाएको बताएको छ । सोमबार हमास प्रशासित स्वास्थ्य मन्त्रालयले ७ अक्टोबरमा हमासको आक्रमणपछि गाजामा सुरु गरिएको बमबारीमा ११ हजार २४० जनाको मृत्यु भएको जसमा ४ हजार ६३० जना बालबालिका रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० कार्तिक २०८०, १६ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१०२ किलो बढी गाँजासहित भारतीय नागरिक पक्राउ
३७० किलोग्राम गाँजा बरामद
गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा