गाजा । बुधबार राति मध्य गाजामा गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा ५० जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
आधिकारिक प्यालेस्टिनी न्युज एजेन्सी ‘वाफा’ का अनुसार इजरायली एयर फोर्सका लडाकु विमानले गाजा पट्टीको मध्यमा रहेको साबरामाथि हमला गरेको थियो जसमा एउटा मस्जिद क्षतिग्रस्त बनेको छ ।
एजेन्सीका अनुसार गाजाको नुसेइरत शरणार्थी क्याम्पमा मलेसियन स्कुलमा गरिएको हमलामा तीन जनाको मृत्यु भएको छ भने दक्षिणी गाजाको खान यूनिसमा गरिएको बमबारीमा एक बालकको मृत्यु भएको छ ।
इजरायली सेनाले यस दाबीमाथि कुनै टिप्पणी गरेको छ । तर, उसले हमासको ठेगानालाई निशाना बनाएको बताएको छ । सोमबार हमास प्रशासित स्वास्थ्य मन्त्रालयले ७ अक्टोबरमा हमासको आक्रमणपछि गाजामा सुरु गरिएको बमबारीमा ११ हजार २४० जनाको मृत्यु भएको जसमा ४ हजार ६३० जना बालबालिका रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० कार्तिक २०८०, १६ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा कुपोषणका कारण मृत्यु बढ्यो
सात क्विन्टलभन्दा बढी गाँजा बरामद
गाजामा पानीको लाइनमा बसिरहेका बालबालिकासहित १० जना मारिए, इजरायली सेनाद्वारा गल्ती स्वीकार
दुई क्विन्टलभन्दा बढी गाँजासहित युवक पक्राउ
मोरङबाट ८०२ किलो गाँजा बरामद
गाजाले युद्धविराम प्रस्ताव नमाने गम्भीर परिणाम भोग्न इजरायली चेतावनी