लक्ष्मीपूजा गर्ने क्रममा आगलागी हुँदा वृद्धाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २७ कार्तिक २०८०, १२ : २१
लक्ष्मीपूजा गर्ने क्रममा आगलागी हुँदा वृद्धाको मृत्यु

काठमाडौँ । भक्तपुरमा लक्ष्मीपूजा गर्ने क्रममा आगलागी हुँदा एक जना वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीकी ८३ वर्षीया साबित्रीदेवी दाहाल हुन् ।

दाहालको आफ्नै घरमा पूजा गर्ने क्रममा आगलागी भई मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । आइतबार साँझ पूजा गर्ने क्रममा दाहालको कपडामा आगो सल्किएको थियो ।

घटनाको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस