काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको तेस्रो दिन आज गाई पूजा गर्नुभएको छ ।
कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका दिन सोमबार देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ । राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिएका छन ।
श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोकविश्वास छ ।
तिहारको चौथो दिन गोरुपूजा वा गोवर्धन पर्वतको पूजा गर्ने परम्परा छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ कार्तिक २०८०, १० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिका विज्ञ राजनीतिक सल्लाहकार सुनिल थापाले दिए राजीनामा
सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस
५ देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग आवश्यक : राष्ट्रपति पौडेल
राष्ट्रपतिसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस
नयाँ पुस्ताको चाहनालाई बुझेर राजनीतिक नेतृत्व रूपान्तरण हुनुपर्छ : राष्ट्रपति