काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तिहारका बेला अस्पतालहरूमा चिकित्सक र एम्बुलेन्स तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालहरूमा आकस्मिक स्वास्थ्य सेवा उपलब्धताको सुनिश्चितता गर्न भनेको हो।
‘सार्वजनिक बिदाका दिनहरुमा पनि अस्पतालहरूमा आकस्मिक स्वास्थ्य सेवा उपलब्धताको सुनिश्चितताका साथै आकिस्म्क चिकित्सकीय समूह (इएमटी), आधारभूत आकस्मिक मेडिकल प्राविधिक (बिइएमटी), एम्बुलेन्स आदि तयारी अवस्थामा राख्नुहुन तथा राख्न लगाउनुहुन सम्बन्धित सरोकारवाला निकायहरूमा अनुरोध गर्दछौँ।’ विज्ञप्तिमा भनिएको छ।
मन्त्रालयले चाडपर्वका बेलामा हुने असन्तुलित खानपान तथा जीवनशैलीका कारण स्वास्थ्यमा समस्या देखिन सक्ने भन्दै स्वास्थ्यमैत्री जीवनशैली आत्मसाथ गर्न पनि आग्रह गरेको छ। ‘चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गरिरहनु भएकाहरूले उचित व्यवस्था गरी नियमित औषधि सेवन गर्नुहुन पनि अनुरोध गर्दछौँ।’ मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ कार्तिक २०८०, १८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य मन्त्रालयको एक वर्ष : सीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी
क्यान्सरको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि हस्तान्तरण
सबै अस्पतालमा मेडिकल उपकरणको अडिट अनिवार्य
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाले दिए आवेदन
जटिल रोगको उपचारमा बीमितलाई थप एक लाख दिने निर्णय
दरबन्दी व्यवस्थापनको माग गर्दै स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र