यस वर्ष प्रधानमन्त्री निवासमा देउसी भैलो नहुने

सफल खबर संवाददाता

आइतबार, २६ कार्तिक २०८०, १५ : ५०
यस वर्ष प्रधानमन्त्री निवासमा देउसी भैलो नहुने

काठमाडौँ । यस वर्षको तिहारमा प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ । 

 

गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री पत्नी सीता दाहालको गत असार २७ गते निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस