रुकुम । भूकम्पले रुकुम पश्चिमका १० प्रहरी कार्यालयमा क्षति पुर्याएको छ ।
क्षति भएका कार्यालयमध्ये पाँच वटा पूर्ण रूपमा ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले बताए । बाँकी पाँच वटामा आंशिक क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालयको भवन पनि चर्किएकाले बस्न मिल्ने अवस्था नरहेको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिए ।
प्रहरी चौकी पुर्तिमकाँडाको भवन, प्रहरी चौकी सोलावाङ, प्रहरी चौकी सिम्लि र इलाका प्रहरी कार्यालय आठबिसकोटको भवन पूर्ण रूपले क्षति भएको छ ।
प्रहरीका अनुसार सिम्लि प्रहरी चौकी अहिले अरूको घरमा सरेर सेवा दिइरहेको छ भने आठबिसकोट प्रहरी पालबाट सेवा दिइरहेको छ ।
बाँकी अस्थायी प्रहरी पोष्ट साँख, स्यालाखदी, प्रहरी चौकी पिपल, झुल्नेटा र इलाका प्रहरी चौकी चौरजहारीमा आंशिक रूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ कार्तिक २०८०, ०९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस
कोशी प्रदेश प्रहरी तालिम केन्द्रद्वारा ठेक्का सम्झौता रद्द