एसएसपी मधुसुदन लुइँटेलले दिए राजीनामा

सफल खबर संवाददाता

शुक्रबार, २४ कार्तिक २०८०, १९ : ३०
एसएसपी मधुसुदन लुइँटेलले दिए राजीनामा

काठमाडौं ।  नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मधुसुदन लुइँटेलले अनिवार्य अवकाशमा जानु अघि नै राजीनामा दिएका छन् ।

प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत लुइँटेल मंसिर ६ गते अनिवार्य अवकाशमा जाँदै थिए । तर, उनले अवकाशको १५ दिनअघि नै राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृतसमेत भइसकेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले बताए । 

उनका अनुसार एसएसपी लुइँटेलले घरायसी कारण देखाउँदै राजीनामा दिएका छन् । एसएसपीबाट डीआईजीमा बढुवा हुन पाएको भए उनले थप एक वर्ष सेवा गर्न पाउने थिए । उनी प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट सेवा प्रवेश गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस