११ हजार थान पटाकासहित स्वयम्भूबाट एक युवक पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, २४ कार्तिक २०८०, १२ : २०
११ हजार थान पटाकासहित स्वयम्भूबाट एक युवक पक्राउ

काठमाडौँ । काठमाडौँको स्वयम्भूबाट ११ हजार ७ सय ८० थान पटाकासहित एक युवक पक्राउ परेका छन् । बिहीबार राति प्रहरीले बर्दिया राजापुर नगरपालिका–६ घर भएका २९ वर्षीय महेश परियारलाई पटाकासहित पक्राउ गरेको हो ।

काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू डेरा गरी परियारलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका परियारमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस