रसुवा । रसुवाको हिमाली क्षेत्रमा पदयात्रामा आएका एक पर्यटकको लडेर मृत्यु भएको छ । फ्रान्सका नागरिक ६८ वर्षीय प्याट्रिक जेन मारिइ मोलको बिहीबार लडेर मृत्यु भएको हो ।
प्रहरी नायब उपरीक्षक सुभास बुढाथोकीका अनुसार बिहीबार रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ स्थित क्याङ्जेन जाने प्रमुख पदमार्गअन्तर्गत लाङ्टाङ गाउँ आसपासको लुम्थाङमा लडेर मोल घाइते भएका थिए ।
मोल काठमाडौँको त्रिनेत्र ट्रेकिङ एजेन्सीमार्फत लाङ्टाङको क्याङ्जेन जाँदै थिए । उनको लाङ्टाङ क्षेत्रको सुरक्षामा खटिएका नेपाल प्रहरी र नेपाली सेना विष्णुदल गणका सुरक्षाकर्मीले उद्धार गरेका थिए ।
मोललाई फिस्टेल हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो । हवाइमार्गबाट उपचारका लागि लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ कार्तिक २०८०, ०९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
पोखरीमा डुबेर युवकको मृत्यु
माटोको ढिस्कोले पुरिएर किशोरीको मृत्यु
टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
रुपन्देहीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु