हिमालय बैंकद्वारा २१ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग

सफल खबर संवाददाता

विहीबार, २३ कार्तिक २०८०, १५ : ३६
हिमालय बैंकद्वारा २१ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकुमका भूकम्प पीडितहरूका लागि २१ लाख रुपैयाँ बराबरको राहत सामाग्रीको खरिद गरी सहयोग प्रदान गरेको छ ।

गत शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरको भूकम्पले जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकुमलाई निकै ठुलो क्षति पुर्‍याएको छ । यस विपद्को समयमा त्यस क्षेत्रका बासिन्दाहरूलाई केही सहयोग वा राहत होस् भन्ने मनसायले बैंकले अत्यावश्यक खाद्यान्न जस्तै दाल, चामल, नुन र तेल खरिद गरी जिल्ला प्रशासन कार्यालय जाजरकोट खलङ्गालाई र जिल्ला प्रशासन कार्यालय, मुसिकोट, रुकुम पश्चिमलाई गते हस्तान्तरण गरेको जानकारी दिएको छ ।