मोडल दीपासा जीसीको निधन

सफल खबर संवाददाता

विहीबार, २३ कार्तिक २०८०, १४ : ०२
मोडल दीपासा जीसीको निधन

काठमाडौं । मोडल एवं अभिनेत्री दीपासा जीसी ‘जलपरी’ को निधन भएको छ । बुधबार नर्भिक अस्पताल भर्ना भएकी उनको आज मृत्यु भएको अस्पताल स्रोतले बतायो । उनको मृत्युको कारण खुलिसकेको छैन ।

दीपासाले बिरानो माया, झेली, दुलही रानी चलचित्रमा अभिनय गरेकी छन् । साथै दर्जनौं म्युजिक भिडिओमा उनलाई देख्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस