ढल्केबरमा भेटिए महोत्तरीबाट हराएका ५ किशोरी

सफल खबर संवाददाता

विहीबार, २३ कार्तिक २०८०, १२ : ५८
ढल्केबरमा भेटिए महोत्तरीबाट हराएका ५ किशोरी

काठमाडौँ । महोत्तरीको औरही नगरपालिका-२ बाट एकसाथ बेपत्ता ५ किशोरी धनुषाको ढल्केबरमा फेला परेकी छन् ।

मङ्गलवार बिहानबाटै औरही नगरपालिका २ की १६ वर्षीया वसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षिया संगीता सदा, १५ वर्षिया राजन सदा, २० वर्षीया रुबी सदा बेपत्ता भएका थिए ।

उनीहरू पाँचैजनालाई ढल्केबर चोकमा ड्युटीमा खटिएका प्रहरीले फेला पारेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय जलेश्वर, महोत्तरी पठाउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस