काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज संसदीय दल र केन्द्रिय समितिको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी मुख्यालय वनस्थलीमा बस्न लागेको बैठकमा जाजरकोटको बारेकोट–१ रामीडाँडा केन्द्र गरी गएको भूकम्पमा पार्टीले गरेको कार्यबारे छलफल हुने बताइएको छ।
त्यस्तै, बैठकमा भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका सन्दर्भमा सरकारको कामको समीक्षा गरिने पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिएका छन्।त्यस्तै, आजको बैठकले पार्टीको पहिलो महाधिवेशनको प्रक्रिया सुरु गर्नेबारे पनि छलफल गर्ने छ। यसअघि रास्वपाले संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक मधेस प्रदेशमा गर्ने तयारी गरेको थियो। गत कात्तिक १७ गते जाजरकोट केन्द्र गरी भूकम्प गएपछि मधेस प्रदेशमा गर्ने भनिएको बैठक स्थगित गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ कार्तिक २०८०, १२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाभित्र महाधिवेशनसम्म ‘मै चुप, तैं चुप’ !
रास्वपाद्वारा विधान परिमार्जनका लागि समिति गठन, महाधिवेशन तयारी तीव्र
रास्वपाले पार्टीको महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा गर्ने
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, दुई एजेण्डा तय
रास्वपाको दाबी : चुनावपछि वाचापत्र नफ्याँक्ने, प्रतिबद्धता पूरा गर्ने लक्ष्य
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, के छ छलफलको एजेन्डा