काठमाडौँ । काठमाडौँ महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद २६ लाख ५७ हजार रुपैयाँसहित दुई जनालाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बर्दिया गेरुवा गाउँपालिका-२ घर भई हाल काठमाडौँ जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौँ महानगरपालिका-१० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल रहेका छन् ।
प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले सोडारीलाई सो रकमसहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । उक्त रकम अभिषेकबाट लिएको भनी खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ कार्तिक २०८०, २१ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा छ जना पक्राउ
चितवनमा क्रिप्टो करेन्सी कारोबार गर्ने र १२ लाखभन्दा बढी अनलाइन ठगी गर्ने ४ जना पक्राउ
खिचापोखरीबाट ६ करोडको अवैध भेपसहित एक जना पक्राउ
नक्कली नोटसहित एक जना पक्राउ
रसुवाबाट ४३ हजार डलरसहित एक जना पक्राउ
शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै