काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय शक्ति एमालेलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका छन् । सचिवालय बैठकमा ब्रिफिङ गर्दै उनले एमालेले राष्ट्रिय शक्तिको प्रतिनिधित्व गर्ने भएकाले घेराबन्दी भइरहेको बताए ।
ओलीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘मुलुकमा राष्ट्रिय शक्तिलाई कमजोर गर्ने प्रयास भइरहेका छन् विगतदेखि नै । एमालेले राष्ट्रिय शक्तिको प्रतिनिधित्व गर्छ । त्यसकारण घेराबन्दी, आक्रमण र यसलाई कमजोर गर्ने षड्यन्त्र केन्द्रित छन् । त्यसो भएकाले एमालेलाई बलियो बनाएर राष्ट्रिय शक्ति निर्माण गर्नमा हामी लाग्नुपर्छ ।’
उनले एमालेभन्दा बाहिर पनि राष्ट्रिय सोच राख्ने शक्तिहरूलाई क्रमशः गोलबद्ध गर्दै अगाडि बढ्नुपर्ने बताए । ओलीले थपे, ‘देशको राष्ट्रियताको रक्षा, मुलुकको समृद्धि, राजनीतिक स्थिरता र जनताको जीवनमा परिवर्तन ल्याउन सकिन्छ । राष्ट्रिय शक्ति कमजोर हुँदा यी सबै कुरा कमजोर भइरहेका छन् । एमालेमाथिको प्रहारलाई केबल एमालेमाथिको प्रहारको रूपमा मात्रै बुझ्नुहुन्न ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ कार्तिक २०८०, १९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा- ५ को मतपरिणाम : २३ सय गणना हुँदा केपी ओली भन्दा बालेन हजार मतले अगाडि
मध्यपूर्वमा बर्सिएका मिसाइलको धुवाँले निदाउन सकिनँ : केपी ओली
जेनजी आन्दोलनका बारेमा एकाएक किन नरम देखिए ओली ?
संसद पुनःस्थापना वा निर्वाचन अदालतले निर्वाचनअघि नै फैसला गरोस्ः अध्यक्ष ओली
जेनजी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली
दिनमा कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई ओलीको निर्देशन