काठमाण्डौ । पाटन अस्पतालमा आज पनि आकस्मिक बाहेकका सेवा बन्द भएको छ । हिजोदेखि अस्पतालको आकस्मिक सेवा बन्द हुँदा उपचारका लागि पुगेका बिरामी मर्कामा परेका छन् । ओपिडीलगायत सेवाका लागि गएका बिरामीहरु त्यसै फर्किरहेका छन् ।
यसैबीच, जिल्ला प्रहरी परिसर ललितपुरले पाटन अस्पताल प्रशासन, डाक्टर र सरोकारवालाहरूलाई स्वास्थ्य उपचारको सेवा सञ्चालन गर्न अपिल गरेको छ । परिसरका प्रवक्ता एवम् एसपी नवराज कार्कीले विज्ञप्ति निकालेर स्वास्थ्य उपचारको सेवा सञ्चालन गर्न अपिल गर्नुभएको हो ।
अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीहरुले अत्यावश्यक बाहेकका सेवा बन्द गरी आन्दोलन थालेपछि प्रहरीले सेवा सञ्चालनको अनुरोध गरेको हो । गएको शनिवार पाटन अस्पतालमा जेष्ठ नागरिक वार्डमा रहेका कृष्णबहादुर नगरकोटी र जनमाया राईको ज्यान गएको घटनालाई लिएर उनीहरुका आफन्तले डाक्टरलाई दुर्व्यवहार गरेको भन्दै डाक्टर एवम् स्वास्थ्यकर्मीहरु आन्दोलनमा छन् । प्रहरीले घटनाबारेमा अनुसन्धान भइरहेकोले सेवा नरोक्न भनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ कार्तिक २०८०, ०८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिसोका कारण अस्पतालमा बिरामीको चाप बढ्दो
खेलाडीको उपचार गर्ने अस्पताल निर्माणको तयारी
थानकोटमा १ अर्ब लगानीमा प्रसूति तथा स्त्रीरोग अस्पताल बन्दै
लहान मुटु अस्पताल : कम शुल्कमा गुणस्तरीय सेवा
बेनी अस्पतालमा ज्येष्ठ नागरिकलाई सहुलियतमा उपचार
हेटौँडामा सुविधासम्पन्न प्रहरी अस्पताल निर्माण हुँदै