काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आजको सर्वदलीय बैठकलाई गणतन्त्रवादी दलहरूको पराजित मानसिकताको उपजको संज्ञा दिएको छ ।
संसद्का दुई बलिया राजनीतिक दलहरुलाई बाहिर राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ‘सर्वदलीय’बैठकमा छलफल गरेका थिए । गणतन्त्र मान्ने र शान्ति प्रक्रियामा सहभागी दलका शीर्ष नेता बैठकमा सहभागी थिए ।
बैठकमा निम्तो नपाएपछि पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जनतालाई डेलिभरी दिन नसकेको गणतन्त्रको आयु लामो नरहेको बताए ।
उनले भने, ‘गणतन्त्र यो देशका लागि सुहाउँदो व्यवस्था होइन भन्ने जनताले बुझिसकेका छन् । अब दलहरू बैठक बस्दैमा गणतन्त्र जोगिँदैन । यो उनीहरूको पराजित मानसिकता मात्रै हो ।’
६२÷६३ सालपछि माओवादीको हिंसात्मक आन्दोलनको जगमा अनायास आएको गणतन्त्रले देशको सार्वभौमिकता र एकता नै खण्डित बनाएको तथा जनतालाई डेलिभरी पनि दिन नसकेको श्रेष्ठको बुझाइ छ ।
उनी थप्छन्, ‘गणतन्त्रप्रति जनताको मोह भङ्ग भइसकेको छ । अब उनीहरूले अवस्था परिवर्तन मात्र होइन कि व्यवस्था परिवर्तन नै चाहेका छन् । यो जनभावनाको नेतृत्व राप्रपाले गर्नेछ ।’
गणतन्त्रविरोधि माहोल बढ्दै जाँदा गणतन्त्रवादी राजनीतिक दलहरू आत्तिनु स्वभाविक रहेको श्रेष्ठको प्रतिक्रिया छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङदेन विदेशबाट फर्किएपछि आन्दोलनको विषयमा ठोस निर्णय लिने उनले बताए । जनताको साथ लिएर चार वर्षभित्रै गणतन्त्र उल्ट्याएर राजतन्त्र ल्याउने उनले दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ कार्तिक २०८०, १९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेतृत्वका कारण पार्टीको उपादेयता र विश्वसनीयतामाथि प्रश्न उठेको राप्रपा असन्तुष्ट पक्षको निष्कर्ष
राप्रपा महामन्त्री धवलशम्शेरले बोलाए असन्तुष्ट पक्षको बैठक
राप्रपा कार्यसम्पादन समितिको बैठक संस्थापन इतर पक्षले बहिष्कार गर्ने
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन बैठक आह्वान
राप्रपा संस्थापन इतर पक्षको बैठक बस्दै