अदालतले पुनःस्थापना गर्‍यो निलम्बित श्रीलंकाली क्रिकेट बोर्ड

सफल खबर संवाददाता

मंगलबार, २१ कार्तिक २०८०, १९ : २७
अदालतले पुनःस्थापना गर्‍यो निलम्बित श्रीलंकाली क्रिकेट बोर्ड

आईसीसी एकदिवसीय विश्वकपमा घरेलु टोली भारतसँग ३०२ रनले पराजित भएपछि सरकारले निलम्बन गरेको श्रीलंकाली क्रिकेट बोर्डलाई त्यहाँको अदालतले पुनःस्थापना गरेको छ।

श्रीलंकाको पुनरावेदन अदालतले मंगलवार क्रिकेट बोर्ड बर्खास्त गर्ने खेलमन्त्रीको निर्णयलाई खारेज गरेको हो। साथै अदालतले सुनुवाइ पूरा नभएसम्म निष्काशित अधिकारीहरूलाई पुनर्वहाली पनि गरेको छ।

सोमवार श्रीलंका क्रिकेट बोर्ड बर्खास्त गर्ने र एउटा अन्तरिम समिति नियुक्त गर्ने मन्त्री रोशन रणसिङ्घेको कदमलाई चुनौती दिँदै बोर्डका अध्यक्ष शम्मी सिल्भाले दायर गरेको निवेदनलाई अदालतले स्वीकार गरेको छ। 

‘अदालतले मुद्दाको पुनः सुनुवाइ नगरेसम्म बोर्डको पुनःस्थापना दुई साताका लागि गरेको हो,’ अदालतका एक अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस