काठमाडौँ । नेपाली कांग्रेसले महासमिति बैठकको मिति फेरि सारेको छ ।कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म हुनेगरी नयाँ मिति निर्धारण गरिएको बताए ।
‘यो बीचमा भूकम्प, चाडपर्व लगायतले डिस्टर्व हुनेभयो त्यही भएर कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका दिन महासमिति बैठक राख्ने निर्णय गरेको हो’, विश्वकर्माले भने ।
कांग्रेसले सुरुमा मंसिर १३ देखि १६ मा महासमिति बैठक बस्ने जनाएको थियो । तर उक्त मितिमा हल नपाएको भन्दै पहिलो पटक सारेर मंसिर २९ देखि पुस २ सम्म पुर्याइएकोमा फेरि सारेर पुस १६ मा पुर्याएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ कार्तिक २०८०, १५ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवाद्वारा काँग्रेसको भूपू सैनिक विभागमा १० सदस्य मनोनीत
उपसभामुखबारे साझा धारणा बनाउने कांग्रेसको निर्णय
कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागमा सदस्यहरू मनोनीत
काँग्रेस केन्द्रीय समिति बैठक जारी, महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित गर्ने तयारी
महामन्त्रीद्वय गगन र विश्वप्रकाशको प्रस्तावमा कांग्रेस सहमतिनजिक
शुरू भयो कांग्रेस केन्द्रीय समिति बैठक