महासमिति बैठकको अन्योल चिर्न कांग्रेसको पत्रकार सम्मेलन

सफल खबर संवाददाता

मंगलबार, २१ कार्तिक २०८०, १२ : ३४
महासमिति बैठकको अन्योल चिर्न कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौं। नेपाली कांग्रेसले आगामी महासमिति बैठकबारे भ्रम सिर्जना भएको भन्दै यसबारे प्रष्ट्याउन पत्रकार सम्मेलन गर्ने भएको छ । पत्रकार सम्मेलन आज दिउसो २ बजे केन्द्रीय कार्यालय ललितपुरको सानेपमा हुँदैछ ।

यसअघि मंसिर १३ देखि १५ गतेसम्म गर्ने भनिएको महासमिति मंसिर २९ देखि २ पुससम्मलाई सारिएको थियो । तर, बैठक सारेको विषयमा पार्टी भित्रै प्रश्न उठेपछि भ्रम चिर्न पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

‘महासमिति बैठक सार्दा केही भ्रम बाहिर आएको छ । यसलाई चिर्नुपर्ने भएकोले पत्रकार सम्मेलन आयोजना गरिएको हो’ विश्वकर्माले भने, ‘जाजरकोटमा गएको भूकम्पबारे पार्टीले आजमात्रै सरकारलाई विभिन्न सुझाव दिएको छ । यसबारे पनि जानकारी गराउँछौं ।

कांग्रेसले जाजरकोट भूकम्पलाई कारण बनाउँदै महासमिति बैठक सारेको दाबी गरे पनि प्रतिनिधि, आन्तरिक तयारी, हलको व्यस्थापन जस्ता तयारी समयमा गर्न सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस