काठमाडौं । पाटन अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन् ।
औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै शनिबार आफन्तले हातपात गरेपछि आन्दोलित आवासीय चिकित्सकले अस्पतालको सेवा ठप्प पारेका हुन् ।
गत शनिबार पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको थियो। त्यसपछि आक्रोशित आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए।
शनिबार दिउँसो पाटन अस्पतालमा भर्ना भएका बिरामीलाई ड्युटीमा भएका नर्सले सुई मार्फत दुई एन्टिबायोटिक औषधि चलाएको पाँच मिनेट भित्रै उनीहरुको मृत्यु भएको थियो
कार्यस्थलमा काम गर्ने वातारण सुरक्षित नभए र हातपात गर्नेलाई पकाउ नगरेसम्म आकस्मिक बाहेक सेवा बन्द गर्ने स्वास्थ्यकर्मीले बताएका छन्।
शनिबार दिउँसो नर्सले सुई मार्फत एन्टिबायोटिक औषधि चलाएको पाँच मिनेट भित्रै बिरामीको मृत्यु भएको थियो।
चिकित्सकहरूमाथि कुटपिट भएकोमा नेपाल चिकित्सक संघका महासचिव डा.सञ्जीव तिवारीले आपत्ति जनाएका छन्। थाहासञ्चार नेटवर्कसँग कुरा गर्दै उनले स्वास्थ्यकर्मी सुरक्षित नभएसम्म सेवा प्रवहा गर्न नसक्ने प्रतिक्रिया दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ कार्तिक २०८०, ०९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रूकुम पश्चिम पुगेकी गायिका रचना रिमाललाई स्वास्थ्यमा समस्या, सेनाको हेलिकप्टरबाट उद्वार
अस्पताल फार्मेसीमै प्रत्यारोपणका सामग्री उपलब्ध गराउने निर्णय
अस्पतालमा औषधि अभाव, उपचारमा समस्या
सुर्नयामा १० शय्याको अस्पताल निर्माण हुँदै
गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै
तीस करोड लागतमा अस्पताल भवन निर्माण